भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री विपद् राहत कोषमा काभ्रेका शैक्षिक संस्था, सहकारी र सामाजिक संघ संस्थाले रकम खातामा जम्मा गरेका छन् ः
प्याब्सन काभ्रेले ३६ लाख ३६ हजार ४ सय २४, हिमालय दृस्य होटल धुलिखेलले ५ लाख १ हजार १ सय ११, प्याब्सन पनौतीबाट ११ लाख २४ हजार ३३, बनेपा नगर प्याब्सनले १७ लाख ५२ हजार २ सय ३५ रकम जिल्ला प्याब्सन काभ्रेलाई हस्तान्तरण गरेको बनेपा प्याब्सनका अध्यक्ष मेहन्द्र विस्टले जानकारी दिनुभयो । यसैगरी नेपाल रेडक्रस सोसाइटी सेतीदेवी उपशाखाले ५५ हजार ५ सय ५५ प्रधानमन्त्री राहतकोषमा सहयोग गरेको कुरा रेडक्रसकर्मी पूर्णवहादुर कार्कीले बताउनुभयो । त्यसैगरी सुलभ साकोस बनेपाले प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १ सय ११ राहत कोष खातामा जम्मा गरेको संस्थाका प्रबन्धक रमेश श्रेष्ठले जानकारी दिनुभयो । बनेपा ब्याइज क्लब (टिम विविसी)ले १ लाख ७ हजार ९ सय १२ सहयोग गरेको कुरा क्लबका अध्यक्ष महेश कर्माचार्यले जनाउनुभयो ।
