बनेपा/बनेपा नगरपालिकाले कृषकहरूलाई कृषि यन्त्र वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अन्र्तगत उक्त सामाग्रीहरु वितरण गरेको हो ।
कृषकहरूलाई हाते ट्रयाक्टर २० वटा, मकै छोडाउने मेशिन ३६२, बिषादि छर्ने मेशिन ३६२, धान झार्ने मेशिन १०६ वटा, शिल पोनिक प्लास्टिक १८ वटा, टनेल प्लाष्टिक ३३४ वटा, सुधारिएको आरनमा आगो फुक्ने मेशिन ८ वटा, पानी तान्ने पम्प ७ वटा वितरण गरेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख लक्ष्मी नरसिंह वादेले कृषकहरुलाई आत्मनिरर्भर बनाउँदै उत्पादन बृद्धि गर्न उक्त सामाग्रीहरु वितरण गरिएको बताउनु भयो । नगरवासीहरुको स्वास्थ्य, शिक्षा सँगै आर्थिक क्षेत्रमा समेत बृद्धि गरी स्वरोजगार प्रप्त गर्ने बताउनुभयो । नगरले ४० वर्षमा गर्न नसकेको काम नगरले ४ वर्षम सम्पन्न गरेको बताउनु भयो । निर्वाचनमा गरेको प्रतिबद्धताहरु ८० प्रतिशत पुरा भएका र बाँकि छिट्टै पुरा हुने बादेले वताउनु भयो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहालले किसानहरुका लागी वाली बिरुवामा लाग्ने किराको औषधी, धानको विउ, तरकारीहरुको विउ, गोठ सुधार जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्ष शिब कुमार थापा, कृषि शाखा प्रमुख मुकुन्द केसि, बरिस्ठ राजश्व अधिकृत धुर्वराज नेपाल, प्रशासन प्रमुख जुजुभाई सुद्धाकार, नेपाल कृषि प्राविधिक कमला बन्जारा हुमागाई लगायतको सहभागिता रहेको थियो ।
