IMG-LOGO

क्षितिज स्कुलमा कन्या पुजा

 मंगल, भदौ २३, २०८३  -

    क्षितिज इङलिस सेकेन्डरी स्कुल बनेपाले कन्या तथा कुमार पुजा बिहीबार सम्पन्न गरेको छ । १ सय ८२ जना कन्या तथा कुमारलाई पुजा गरेर मिठाई, फलफूल प्रदान गरेको कुरा विद्यालयकी इन्चार्ज अनिता सापकोटाले जानकारी  दिनुभयो । विद्यालायकको संचालक अध्यक्ष बिकास श्रेष्ठ, प्रीन्सीपल लीलाधर पौडेल सहायक प्रीन्सीपल सुनिल कुमार चौधरी, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयले कृष्ण अस्टमीको अवसर पारेर बिगत ३ वर्ष देखि पुजा कार्यक्रम सन्चालन गर्दै आएको छ । यसैगरी बनेपा, धुलिखेल, पनौती, पाँचखाल लगायतका क्षेत्रमा कन्या पुजा गरिदैं आएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्