धुलिखेल/श्रीकृष्ण जन्माष्टमीको अवसरमा धुलिखेल नगरपालिका–४ स्थित बखुण्डोल बुद्ध पार्कमा कृष्ण रथयात्रासहित कन्यापूजा आयोजना गरिएको छ । कार्यक्रममा चार सयभन्दा बढी कन्याको पूजा गरिएको थियो भने एक सयभन्दा बढी भक्तजनले कन्याहरुलाई पुजा गरेका थिए । धुलिखेल नगरपालिका–४ को संयोजनमा आयोजित कार्यक्रममा स्थानीय संघ–संस्था तथा समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले संस्कार, चाडपर्व तथा रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ ।
