IMG-LOGO

प्रेस युनियन काभ्रेको अधिवेशन स्थगित

 मंगल, भदौ २३, २०८३  -

    नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन आइतबार बनेपामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेश सभा सदस्य तीर्थ लामाको प्रमुख आतिथ्यता एवं प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन गर्नुगर्दै प्रमुख अतिथि लामाले विपदको समयमा पत्रकारको भूमिका थप महत्त्वपूर्ण हुने चर्चा गर्दै उत्तरदायी र जिम्मेवार पत्रकारितामा जोड दिनुभएको थियो । कार्यक्रममा प्रेस युनियन काभ्रेका सल्लाहकारहरु इश्वरि ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटा, बद्रीराज तिमल्सिना, कपिल कोईराला, प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभयो । उक्त अवसरमा युनियनलाई महत्त्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । उद्घाटन सत्र पछी सरु भएको बन्द सत्रले नयाँ कार्यसमिति भने चयन गर्न सकेन नेतृत्वका आंकाक्षिहरु । यस अघिका उपाध्यक्ष देवराज केसी, फोनीज काभ्रेका नेतृत्व समालेका इन्द्रबहादुर थापा, युवा गुझाजु राजाराम गौतम, सचित खड्का र शुभराज अधिकारी लगायत ६ जनाले उम्मेदवारीमा दावी गरेका थिए । अन्तिम समय सम्म सहमती हुन नसक्दा अधिवेशन स्थगीत भएको हो । प्रेस युनियन काभ्रेको अध्यक्ष पदका आकाक्षिं शुभराज अधिकारी र सचित खड्का बिच नेतृत्वमा दाबी कायमै भएपछि अर्को सूचना नआउन्जेल सम्मका लागि चुनावी कार्यक्रम स्थगित भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्