निर्माण व्यवसायी संघ काभ्रेको १५ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेसन शनिबार बनेपामा सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष मुकेश पन्तको प्रमुख आतिथ्यता एवं निर्माण व्यसायी संघ काभ्रेका कार्यवाहक अध्यक्ष अनिश वलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले अकुर प्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा अमित लामा, प्रथम उपाध्यक्षमा विष्णुहरी जोशी, द्वितिय उपाध्यक्षमा डोमा सिं लामा, महासचिवमा प्रदीप गौतम रहनुभएको छ । त्यसैगरी नीतिगत उपमहासचिवमा दमै सिं लामा (डि.एस.), आन्तरिक उपमहासचिवमा कृष्ण लामा, कोषाध्यक्षमा सुरेश लामा, सहकोषाध्यक्षमा पाल्देन लामा निर्वाचित हुनुभयो । यस्तै खुल्ला सदस्यहरुमा नविन थापा, फेमश घिसिङ, ठाकुर प्रसाद गौतम, सुकलाल तामाङ, विपिन दुलाल, साइला लामा, प्रदिप लामा, गणेश बहादुर कालिदास, हिरा कुमार वल र महिला खुल्ला सदस्यमा कृष्णमाया लामा निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित गौतमले निर्माण व्यवसायीहरुले भोग्दै आएका साझा समस्या समाधान गरी व्यवसायलाई व्यवस्थित बनाउन कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
