जिल्ला सहकारी संघ काभ्रेपलान्चोकले गत भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका व्यक्तिहरुको हिजो सम्झनामा दीप प्रज्वलन गरेको छ । जिल्ला संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ, सहकारीकर्मी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
