IMG-LOGO

बाढी प्रभावित परीवारलाई निःशुल्क स्वास्थ्य सेवा

 मंगल, भदौ २३, २०८३  -

    काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले भदौ २१ गते प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण सिर्जित मानवीय तथा भौतिक क्षति र प्रत्यक्ष प्रभावित परिवारको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू १ वर्षसम्म निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
    बाढीप्रभावित समुदायको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्दै उपचारको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले यो कदम चालिएको अस्पतालले जनाएको छ । यो सेवा प्राप्त गर्ने प्रक्रिया र आवश्यक विवरणहरू चाँडै सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । यसैगरी अस्पतालले आफ्नो क्षमता अनुसार बाढीप्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सहकार्य तथा सहयोगको तयारीसमेत गरिरहेको छ । कठिन घडीमा बाढीप्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै धुलिखेल अस्पतालले प्रभावित समुदायको स्वास्थ्य, पुनःस्थापना र पुनरुत्थानका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्