IMG-LOGO

बनेपा तीनदोबाटोदेखि चारदोबाटो सम्म सडक विस्तार जिरो लेबल गर्न माग

 मंगल, भदौ २३, २०८३  -

    सूर्यविनायक, साँगा बनेपा हुँदै धुलिखेल अरनिको रागमार्ग ६ लेन सडक विस्तारको क्रममा बनेपा क्षेत्र डुवानमा पर्ने भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । बनेपा वडा नं. ७ र ८ का स्थानीयहरुले सडक आयोजनाले नागरिकहरुको समस्या, बजार क्षेत्रको बस्ती विकासलाई हेलचेक्राँइ गरेर सडकको डिजाइन गरेर अन्धाधुन्दा अरनिको राजमार्ग ६ लेन सडक विस्तार गरेको उनीहरुको आरोप छ । बनेपा तीनदोबाटोदेखि चारदोबाटो सम्म ६ लेन सडक जिरो लेबलमा हुनुपर्ने माग राखेका छन् । खानेपानीको राम्रो प्रबन्ध हुनेगरी सडक विस्तार हुनुपर्ने, सर्भिस ट्रयाकलाई बनेपाको व्यवसायिक अवस्थालाई ध्यानकेन्द्रीत गरेर बनाउनुपर्ने, टेलिकम, चादनीचोक, चारदोबाटो क्षेत्र पानी जम्ने अवस्था भएकोले व्यवस्था गर्नुपर्ने, टेलिकम चोक र चांदनी चोकमा इन्टरशेक्सन नभएकोले राख्नुपर्ने, बास्तविक सडक डिजाइन भन्दा सडकको उचाइ २÷३ फिट बढाएको, चैतन्य स्कुल क्षेत्रबाट पहिला पानी जाने निकास भएको अहिले हटाएको, सर्भिस लेनमा जात्रा, जन्ती, मलामी जस्ता सामुहिक उपस्थिति प्रयोजनका लागि उपयूक्त बनाउनुपर्ने लगाएतका ११ वुदे माग राखेका छन् । बनेपा नगरपालिका, प्रदेश र संघका सांसदहरुले समेत बनेपाको सडक विस्तारको समस्यालाई वेवास्ता गरेको उनीहरुको आरोप छ ।
    सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालयमा बनेपा क्षेत्रको ६ लेन सडक निर्माण समस्याको बारेका उचित सम्बोधनका लागि बनेपा नगरपालिकाले पहल गरि कार्यान्वयन चरणमा लग्न स्थानीयहरुले आग्रह समेत गरेका छन् । बनेपा नगरपालिका नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा बसेको स्थानीय सरोकारबालाहरुको भेलालाई सम्बोधन गर्दै नगरप्रमुख शाक्यले भन्नुभयो ः बनेपा नगरपालिका नागरिकहरुको समस्या समाधान गर्न, विकास र समृद्धिको यात्रामा सघाउन तत्पर रहेको बताउनुभयो । 
    नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाले ६ लेन सडक विस्तारका क्रममा बनेपा क्षेत्रको स्वरुप, विकासको अवस्थालाई मध्यनजर गरी नागरिकहरुको वृहत्तर हितमा कार्य गर्न सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराएको उल्येख गर्नुभयो । स्थानीयहरुलाई सजग गराउँदै नगर प्रमुख शाक्यले सडक विस्तार कार्यलाई थप प्रभावित नपार्न जायज मागलाई प्रस्तुत गर्न स्थानीयहरुलाई आग्रह गर्नुभयो । रास्वपा काभ्रे जिल्ला सचिव जीएन सापकोटा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य, बनेपा वडा नंं ७ का अध्यक्ष हिटलर शाक्य, ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, स्थानी काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णगोपाल भैल, स्थानीय सरोकारवाला भुवन मानन्धर, रविन शाक्य लागयतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन काभ्रे उद्योग वाणिज्य संघका महासचिव रजित पलाञ्चोकेले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्