बनेपा । बिन्धवासिनी वचत तथा ऋृण सहकारी संस्था लि. बनेपा सेवा कार्यालयको आयोजनामा जनागालको मिलनचोकमा लघुवित्त सदस्यहरुको लागि सदस्य विस्तारित भेला तथा सहकारी शिक्षा कार्यक्रम गत विहिबार सम्पन्न भयो । बनेपा सेवा कार्यालय ब्यबस्थापन उप समितिका संयोजक मोहनप्रसाद होमागाईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुहुदै स्वागत मन्तब्य व्यक्त गर्नु भएको कार्यक्रममा कार्यालय ब्यबस्थापक मित्रप्रसाद दाहाल र लघुवित्त महाशाखा प्रमुख राजेन्द्र श्रेष्ठले सस्थाको नीति नियम, वचत, ऋृण, सस्थाले प्रदान गर्ने राहत लगायत सेवा सुबिधा, सस्थाका अन्य कार्यक्रमहरु र साधारणसभा लगायत विषयमा सहजीकरण गर्नु भएको थियो । सदस्यहरुबाट गुनासो र सुझाव संकलन गर्ने उदेश्यका साथ गरिएको कार्यक्रममा सदस्यहरुको सुझाव र गुनासोहरुलाई पदाधिकारी र कर्मचारीहरुले सम्बोधन गर्नु भएका कार्यक्रम सेवा कार्यालय ब्यबस्थापन उप समितिकि सचिब सोनु लामाले संचालन गर्नु भएको थियो भने कार्यक्रममा ५० भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो सस्थाले जनाएको छ ।
