सेतीदेवी मावि धुलिखेल नगरपालिका वडा नं. २ मा अध्यापन गराउने शिक्षकहरुलाई एक कार्यक्रम बीच सम्मानित गरेको छ । धुलिखेल वडा नं. २ का पूर्व वडा अध्यक्ष समाजसेवी स्वर्गीय राजन कोइरालाको ९ औं स्मृति दिवसको अवसरमा गत मंगलबार शिक्षकहरुलाई सम्मान गरेको हो । धुलिखेल वडा नं. २ का अध्यक्ष अर्जुन न्यौपानेले दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मानित गर्नुभएको हो । उक्त विद्यालयका सहायक प्रधानाध्यापक निरन्जन गेलाल, कक्षा ५ सम्म अध्यापन गराउने एम.जी. एम.एल. प्रमुख उत्कृष्ट शिक्षिका सतिदेवी न्यौपाने (गौतम), निमावि इन्चार्ज कल्पना सापकोटा, परीक्षा इन्चार्ज कक्षा ९ देखि १० अध्यापन गराउने शिक्षक विष्णु चौलागाई उत्कृष्ट, त्यस्तैगरी लेखापाल केशव कोइराला, बाल कक्षा उत्कृष्टमा अमृता परियार सम्मानित हुनुभएको छ । उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा सेवी, समाज सेवी देवप्रसाद कोइराला, प्रधानाध्यापक राजकुमार सारुमगर, शिक्षक वर्ग तथा लब्धप्रतिष्टित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
