IMG-LOGO

स्मृती गौतमको माइती देश सार्वजनिक

 मंगल, सावन २६, २०७८  ---

हे माईत जाने दिदी बहिनी नाच्ने बेला भयो

मेरो भने बाढी आयो माईती देशै लग्यो

कस्लाई भन्ने , कहाँ गुहार मागनी 

बगर भयो म नाच्ने आँगनी

     मन छुने मार्मिक तीज गित लिएर आएकी छिन स्मृती गौतमले । काँठ क्षेत्रकी चर्चित गायिका स्मृती गौतमको माइती देश तीज गीत शुक्रबार सार्वजनिक भएको हो  । ःकिरण गौतमको मार्मिक शब्द  रहेको गीतमा  भुकम्प देखि बाढीपहिरो समेटिएको छ । सिन्धुपाल्चोक जिल्लाको पछिल्लो तस्बिर उतारेको माईती देश तीज गीत सुन्दा जो कोही एकछिन स्तब्ध हुन्छ । समयको आवाज बोल्ने  सन्देश मुलक गित अति  राम्रो छ । भिडियोमा कलाकारहरु रमा थपलिया,टीका जैसी को अभिनय जिवन्त छ ।  भिडियोलाई खडक बाजुरालीले कुशलतापुर्वक सम्पादन  गरेका छन्  । भिडियोको मेकअप मोहन लामा र  एरेन्जर ःआर के मिलनको रहेको छ । त्यसैगरी स्टुडियो ः माला-श्री क्यामेरा ःमरुभुमी नारायण  बजार ब्यबस्थापन ः ज्योती फिल्मस प्रोडक्सनले गरेको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्