रोशी गाउँपालिकाले रसुवा बाढी प्रभावितका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । जसमा गाउँपालिकाका जनप्रतिनिधिको ७ दिन बराबरको सेवासुविधा बापतको रकम, सम्पूर्ण कर्मचारी तथा शिक्षकहरुको १ दिनको बराबरको तलब गरी ९ लाख ७० हजार ७८२ रुपैयाँ र प्रकोप ब्यवस्थापन कोषबाट २९ हजार २१८ रुपैयाँ जम्मा गरिने पालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।
