पनौती नेपाल संस्थाको १४ औ बार्षिक साधारण सभा र छैठौ अधिवेशनले बिकास होराजुको अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत निर्वाचित गरेको छ । शनिवार ललितपुरको लगनखेल स्थित होटेल साभा किल्फ मा सम्पन्न भएको अधिवेशनले कार्यसमितीको उपाध्यक्षमा नरेश सैजु, सचिवमा पुरुषोतम कर्माचार्य, कोषाध्यक्षमा अमित नास्ननी सर्व सम्मत चयन भएका थिए त्यस्तै सदस्यहरुमा उमा शंकर कर्माचार्य, यादव नारायण सोनाम, महेश कोङ्गा, मगंल कर्माचार्य, अरुण कर्माचार्य, दबेन्द्र धांजु, र प्रतिक कर्माचार्य सर्वसम्मत चयन हुनु भएको छ। र पनौती नेपाल महिला समुहको ६ औ बार्षिक साधारण सभा र तेस्रो अधिवेशनले सुनमाया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा हिरामाया तामाङ्ग, सचिवमा उषा कर्माचार्य, कोषाध्यक्षमा बिद्या कर्माचार्य र सदस्यहरुमा जिना श्रेष्ठ, कविता कर्माचार्य, सरस्वती श्रेष्ठ, सृजना धांजु, कृष्ण श्रेष्ठ, रश्मी कर्माचार्य, रबिना सैजु, रितु होराजु र अमृता श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।
पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा गरीएको कार्यक्रममा पनौती नगरपालिका का नगर उप प्रमुख गिता बन्जारा, पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सविन ताम्राकार, सम्पदा संरक्षण महाअभियान, संरक्षक रवि शाक्य, बिनायक फाउण्डेशन अध्यक्ष विद्धान गुरु, सम्पदा संरक्षण महाअभियान अध्यक्ष सनिल प्रजापति, एस.एस.पि बिमलराज कँडेल, पुरुषोतम श्रेष्ठ, पनौती पर्यटन बिकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्य, हाम्रो जात्राका श्याम था लगायत महानुभावहरुको सहभागिता रहेको थियो ।
प्रतिष्ठित सामाजिक एवंम सम्पदा प्रेमी व्यक्तित्वहरु रबि शाक्य, बिद्धान गुरु, सुनिल प्रजापति, पूरुषोतम श्रेष्ठ, शिव प्रसाद जंगम श्याम था लगायत पनौती नेपाल संस्थाका सदस्यहरुको एस.इ.इ उतिर्ण छोरा, छोरीहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । पुरानो कार्य समितीलाई बिदाइ साथ नंया कार्य समितिलाई शुभकामना सगै सम्पन्न पनौती नेपाल संस्थाको १४ औ बार्षिक साधारण सभाको सभापतिमा अध्यक्ष निवास श्रेष्ठ संस्थाका संस्थापक अध्यक्ष उतम श्रेष्ठ, निवर्तमान अध्यक्ष जिवन सुन्दर रघु श्रेष्ठ, पनौती नेपाल महिला समुहका संस्थापक अध्यक्ष रमा श्रेष्ठ उपस्थित थियो स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बिकास होराजुले राखेका थिए भने कार्यक्रम संचालक सचिव सानुबाबु तामाङ्गले गर्नु भएको थियो ।
