गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भिषण बाढीले क्षति पु¥याएको ठाउँको लागि बेथानचोक गाउँपालिका काभ्रेले ३५ लाख सहयोग उपलब्ध गराउने भएको छ । हिजो बसेको कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिका विपद् कोषबाट १५ लाख र जनप्रतिनिधि, शिक्षक, कर्मचारीको तर्फबाट २० लाख गरि जम्मा ३५ लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपलिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । विगत २ वर्षअघि बाढी पहिरोकै चपेटामा परेर ठुलो क्षति व्यहोरेको बेथानचोक गाउँपालिकाले काभ्रे जिल्लाभरिका पालिकाहरुमध्ये अहिले सम्मकै बढी सहयोग गरेको हो ।
