IMG-LOGO

रवि लामिछानेलाई लाज लागेछ

 मंगल, भदौ १६, २०८३  टाइम्स रिपोर्टर

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम र व्यवहारप्रति चित्त दुखाएका छन् । बुधबार बिहानको बाढीबाट प्रभावित नुवाकोट र रसुवा गएर अनावश्यक भिडियो खिचेको, स्टन्ट र प्रचारबाजी गरेको भन्दै रविले सांसदहरूलाई थर्काएका हुन् ।
    उनले अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा गएर चटक नदेखाउन पनि आग्रह गरेका हुन् । केही सांसदहरूले बाढी प्रभावित क्षेत्रमा गएर मर्यादाविपरीतका काम गरेको, स्थानीय सरकारलाई थर्काएको र काम गरिरहेका प्रतिनिधिलाई समेत गालीगलौज गरेको रिपोर्टिङ भएको थियो ।
    त्यसपछि रविले सांसदहरूलाई अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा गएर दुःख नदिनसमेत आग्रह गरे । बैठकमा उपस्थित एक नेताले खबरहबलाई बताएअनुसार रविले भनेका थिए, ‘हामीले धेरै नै संयमता अपनाएर काम गर्नुपर्नेछ । अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा गएर स्टन्टबाजी नगरौँ । धेरैजना माननीयहरूको फोटो देखेर मलाई लाज लागेर आयो । कृपया यस्तो काम नगरिदिनुस् । हामी काम गर्न आएका हौं, सके काम गरौं, नसके चुप बसौं, आफ्नो ठाउँबाट सहयोग गरौं तर बाढी प्रभावित क्षेत्रमा समन्वयको साटो खटिरहेकाहरूलाई अनावश्यक गाली गर्ने गतिविधिले मलाई नरमाइलो भयो ।’
    बैठकमा उपस्थित अर्का सांसदका अनुसार सामाजिक सञ्जालमा पुष्टि नभएका सामग्री समेत सेयर नगर्न रविले निर्देशन दिएका छन् । ‘हाम्रै कतिपय सांसदले पुष्टि नभएका सामग्री सेयर गर्ने, एकदमै ठूलो विभत्स सामग्री सेयर गर्दा मानिसमा त्रास बढेको देखिन्छ । त्यसकारण एउटा सानो कुरा सेयर गर्दा पनि अध्ययन गर्नुपर्छ’, बैठकमा रविले भने, ‘तपाईंले चलाउने सामाजिक सञ्जाल तपाईंहरूका लागि केही नहोला । आमजनसमुदायका लागि सूचनाको स्रोत हो। त्यसकारण संयमता अपनाऊँ, समाजलाई भाड्ने काम नगरौँ ।’
    रविले कतिपय सांसदलाई एक दुईपटक निर्देशन दिँदा पनि पटक–पटक उही गल्ती दोहो¥याएकाले आफूलाई नरमाइलो लागेको बताएका थिए । पार्टी सांसद ज्वाला संग्रौला आशिका तामाङ लगायत नेतृहरूलाई सङ्केत गर्दै धेरैपटक सम्झाउने प्रयास गरे पनि उही गल्ती गरेकाले केही भन्न सक्ने अवस्था नरहेको दुखेसो व्यक्त गरे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्