एसईईमा सतप्रतिशत उत्तीर्ण विद्यार्थीलाई बेलर इन्टरनेश्नल स्कुलले एसईई २०८२ मा शतप्रतिशत उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ । हिजो विद्यालयमा आयोजीत एक कार्यक्रममा एसईईमा उत्तीर्ण १ सय १४ जना विद्यार्थीहरुलाई माला खादाबाट स्वागत र मायाको चिनो प्रदान गरी खुसी साटासाट गरेको विद्यालयकी प्रिन्सिपल इन्दु थापाले बताउनुभयो ।उत्कृष्ट जीपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
