IMG-LOGO

राष्ट्रिय महिला उद्यमी समिति र महिला समुहको तिज विशेष कार्यक्रम

 मंगल, भदौ ९, २०८३  -

    हरितालिका तिज नजिकदै गर्दा सनातन धर्मलम्बी हिन्दुहरुले मात्र हैन उक्त पर्वलाई अन्य समुदायले समेत तिजको दरखाने र नृत्य कार्यक्रम गर्दै पर्व मान्दै मनोरञ्जन लिदैं आएका छन् । राष्ट्रिय महिला उद्यमी समिति काभ्रेपलाञ्चोक पुलबजार समुह बनेपाको आयोजनामा शनिबार उग्रचण्डी पार्टी प्यालेस बनेपामा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यक्रमको उद्धघाटन गर्नुभयो । विशिष्ट अतितिकोरुपमा बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहाल हुनुहुन्थ्यो । राष्ट्रिय महिला उद्यमी समिति काठमाण्डौं संयोजक सारदा श्रेष्ठ, राष्ट्रिय महिला उद्यमी समिति ललितपुरकी अध्यक्ष अप्सरा सापकोटा, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काभ्रेका अध्यक्ष रघुनाथ कपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संयोजक मन श्रेष्ठका अनुसार उक्त तिज विशेष कार्यक्रममा ९० जना उद्यमी, व्यवसायी महिला र पुरुष गरी उपस्थिति रहेको जनाउनुभयो । उक्त कार्यक्रममा मेरो टेलर्स बनेपाका सानुकाजी थापा, अल्काज क्याफे अल्फा जोशी, श्री कलेक्सनका सूर्य थापा, प्रगति पुस्तक भण्डारकी रेश्मा श्रेष्ठ लगायतले सहयोग उलपब्ध गराएको आयोजक संस्थाले जनाएको छ । उक्त कार्यक्रममा पुलबजार महिला समुह, युनाइटेड फिटनेस एण्ड डान्स सेन्टरको सामुहिक तथा एकल नृत्य गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्