काभ्रे । रोटरी क्लब अफ काभ्रे भ्यालीको छैटौँ पदस्थापन समारोह भव्य रूपमा सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट गभर्नर रोटेरीयन विष्णुबहादुर कार्की रहनुभएको थियो । समारोहमा रोटेरीयन बासुदेव अधिकारीले रोटरी वर्ष २०२६–२७ का लागि क्लब अध्यक्षको पदभार ग्रहण गर्नुभयो भने रोटेरीयन विदुर दाहाल सचिवको जिम्मेवारीमा रहनुभएको छ ।
नयाँ कार्यसमिति अन्तर्गत रोटेरीयन मनिषा श्रेष्ठले क्लब एडमिनिट्रेसन चियर, रोटेरीयन रिकेश कायस्थले क्लब सर्भिस प्रोजट चियर, रोटेरीयन बेबिना बादे श्रेष्ठले युथ सर्भिस चियर तथा रोटेरीयन अशोक पाण्डेले क्लब एडभाइजरको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँहरू सहित अन्य पदाधिकारी तथा सदस्यहरू सञ्चालक समितिमा रहेका छन् । पदस्थापन समारोहका अवसरमा क्लबमा ७ जना नयाँ सदस्यलाई प्रवेश गराइएको थियो । नयाँ सदस्यहरूको प्रवेशसँगै क्लबको सेवा यात्राले थप ऊर्जा प्राप्त गरेको क्लबले जनाएको छ ।
समारोहमा क्लबका संस्थापक अध्यक्ष रोटेरीयन अनुपकुमार श्रेष्ठले ड रोटरी फाउनडेसनमा अमेरीकी डलर १०,००० योगदान गर्नुभएको अवसरमा उहाँलाई मेजर डोनरको उपाधि प्रदान गरिएको थियो । उक्त उपाधिको अवार्ड ड्रिस्टिक गभनर रोटेरीयन विष्णुबहादुर कार्कीले हस्तान्तरण गर्नुभएको थियो । यसैगरी, रोटरी क्लब अफ काभ्रे भ्यालीले यस वर्ष ग्रामीण स्वास्थ्य उपचारको क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले ड रोटरी फाउनडेसन अन्तर्गत ग्लोबल ग्रान्टको प्रस्ताव पेश गर्ने योजना बनाएको जनाएको छ । उक्त कार्यक्रम मार्फत ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ड्रिस्टिक गभनर रोटेरीयन विष्णुबहादुर कार्कीले रोटरीको मूल भावना “Service Above Self” लाई आत्मसात् गर्दै समाज र समुदायको हितमा प्रभावकारी काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो । नवनियुक्त अध्यक्ष रोटरीयन बासुदेव अधिकारीले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, युवा तथा सामुदायिक सेवाका क्षेत्रमा परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव रोटरीयन विदुर दाहालले क्लबका आगामी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सहकार्य गर्ने बताउनुभयो । नयाँ नेतृत्व, नयाँ सदस्य र नयाँ योजना सहित रोटरी क्लब अफ काभ्रे भ्यालीले आगामी Rotary Year लाई सेवामूलक तथा उपलब्धि मूलक बनाउने लक्ष्य लिएको छ ।
