IMG-LOGO

बलात्कारीलाई फाँसीको माग

 मंगल, भदौ ९, २०८३  -

    बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरी लाई बलात्कार पछी अमानवीय तवरले हत्या गरेको भन्दै आइतबार बनेपाको चारदोबाटोमा बिरोध प्रदर्शन गरिएको छ । स्वतस्फूर्त रूपमा जम्मा भएका प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले हातमा विभिन्न माग सहितका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए । सरकार र पीडित पक्षबिच ३ बुदे सहमति भएर चौधरीको दाहसंस्कार भएपनी गरिमाको न्याय, महिला सुरक्षा र बलात्कारीलाइ फाँसीको सजाय माग गर्दै विभिन्न ठाँउमा प्रदर्शन भईरहेको छ । 

बलात्कार र हत्या आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ

    बारामा बलात्कार र हत्या आरोपी बालकको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् । गोरखा घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो । उनले तीन वर्षीया बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका एक बालकको भिडियो बयान खिचेर सार्वजनिक गरेको आरोप लागेको छ । ‘अभियुक्त बनाइएका बालकको भिडियो खिचेर सार्वजनिक गरेको घटना सम्बन्धमा हामीले प्रहरी हवल्दार कुमार विकलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं’, बारा प्रहरी प्रमुख, एसपी नरेन्द्र कुँवरले भने । ती बालकको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो सोमबार सामाजिक सञ्जालमा तीव्र गतिमा व्यप्त फैलिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्