IMG-LOGO

लाहाछापको चौथो वार्षिकोत्सवमा योगदान गर्नेलाई समान, पोड्कास्ट संचालन गर्ने घोषणा

 मंगल, भदौ ९, २०८३  -

    धुलिखेल / लाहाछाप मिडिया प्रा.लि.ले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव समारोहमा समाज, उद्यमशीलता, पत्रकारिता र सार्वजनिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ । हिमालय दृश्य रिसोर्टमा आयोजित विशेष समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने समाजसेवी कल्पना क्षेत्री, मेनुका थापा, साहसिक राइडर मिङ्मा लामा, सञ्चारकर्मी रमिला गौतम, डली शाह, व्यवसायी डिकिला शेर्पा लामा, र यमुना श्रेष्ठलाई ‘सम्मान’ प्रदान गरेको छ ।
    जिल्लामा सक्रिय महिला उद्यमीहरू—सुनैना श्रेष्ठ (धुलिखेल), पेमा लामा र चुना बास्तोला (बनेपा), श्रेयश्री बन्जारा र रीता कर्माचार्य (पनौती), पञ्चुमाया तामाङ (नमोबुद्ध), दिक्षा पौडेल (मण्डनदेउपुर), लक्ष्मी खरेल (भुम्लु), कविता लामा (तेमाल), लक्ष्मी वाइबा (रोशी), शर्मिला श्रेष्ठ (बेथानचोक), दीपा स्याङतान (खानीखोला), तीर्थमाया वाइबा (महाभारत), रिता (सापकोटा) सिग्देल (पाँचखाल) र लक्ष्मी मुडभरी (चौंरीदेउराली) लाई ‘महिला उद्यमी प्रोत्साहन सम्मान’ बाट सम्मानित गरिएको थियो ।
    वार्षिकोत्सवका अवसरमा संस्थापक जितेन्द्र कुमार थापालाई ‘संस्थापक सम्मान’ प्रदान गरिएको छ । संस्थागत रूपमा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, जनस्वास्थ्य कार्यालय काभ्रे, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा र काभ्रे सेवा समाजलाई सम्मान गरिएको थियो । नेपाली कला क्षेत्रका लोकप्रिय एवं वरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मान प्रदान गर्नुभएको थियो ।
    समारोहलाई सम्बोधन गर्दै विगतका ३५ वर्षमा केहि भएनन भन्ने गलत भास्य बनाइयो, त्यस्तो हैन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा धेरै नै विकास भएको बताउनुभयो, संचारमाध्यमले लोकतन्त्र स्थापना गर्न र देशलाई उज्यालो तिर डो¥याउन सकारात्मक भूमिका खेलेको बताउँदै तथ्यमा सत्य कुरा आचार्यले सकारात्मक कुराहरुलाई प्राथमिकता दिँदै जिम्मेवार पत्रकारिता गर्न सबैमा आग्रह गर्नुभयो । सञ्चार क्षेत्रले ‘मन परेको राक्षसलाई भगवान र मन नपरेको भगवानलाई राक्षस’ बनाउन सक्ने भन्दै निष्पक्ष पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो । बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले पत्रकारितामार्फत जिल्लाको विकास र समृद्धीमा खेल्न जिम्मेवारी पूर्वक भूमिका खेल्न सुझाउनु भयो ।
    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलाञ्चोकका सभापति प्रविण ढकाल, नेकपा एमालेका अध्यक्ष राजन भुर्तेल, नेपाली कांग्रेस सचिव गुणराज मुक्तान, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, महिला उद्यमी महासंघका उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार इश्वरी ओझाले पत्रकारिताको चौथो पुस्ताको रुपमा रहेको अनलाइन मिडियामार्फत सञ्चारकर्मका माध्यामबाट गुण र देषका आधारमा खबरदारी गरिराख्ने बताउनुभयो ।
    कार्यक्रममा धुलिखेलका कार्यवाहक प्रमुख निराजन जंगम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनासहितका जनप्रतिनिधी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेससहित विभिन्न पेशागत संघसंगठनका प्रमुख, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी एवं जिल्लामा कृयाशिल सञ्चारकर्मीको उपस्थिती थियो । कार्यक्रममा लाहाछाप मिडियाले प्रारम्भ गर्न लागेको नयाँ पोड्कास्टको प्रोमो सार्वजनिक गरियो । लाहाछाप मिडिया प्रा.लि.का प्रबन्ध संचालक बद्रीराज तिमल्सिनाले समाजमा विभिन्न विधामा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको बताउँदै समाजमा देखिएको वेथितिको अन्त्य गर्न, समाजमा जागरण ल्याउन सशक्तढङ्गबाट कलम चलाउने बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्