IMG-LOGO

बनेपा स्वास्थ्य शाखाको डेंगीरोग रोक तथा नष्ट गर्ने अभियान

 मंगल, भदौ ९, २०८३  -

    बनेपा नगरपालिका स्वास्थ्य शाखाले डेंगीरोग सम्बन्धी खोज र नष्ट अभियान बुधबारबाट प्रारम्भ गरेको छ । जनस्वास्थ्य कार्यालय धुलिखेल काभ्रेको समन्वयमा डेंगीरोग नियन्त्रण तथा रोग थाम सम्मको कार्यक्रम बनेपा नगरपालिका वडा नं. ७ र ८ वडा कार्यालय क्षेत्रभित्रबाट अभियान सुरुगरिएको कुरा बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख आथिष शर्मा कडेलले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख कँडेलले भन्नुभयो ः डेंगीरोग लाग्न नदिन बनेपा नगरका सबै वडाका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवीहरुको सहयोगबाट डेंगीको प्रकोप नियन्त्रण रोकथाम गर्ने उद्देश्यले डेंगीरोगको जागरण अभियान सञ्चालन गरेको कुरा स्वास्थ्य शाखा प्रमुख आशिष शर्माले जानकारी दिनुभयो । घरको वरीपरी सरसफाइ गर्ने, पानी जमेका खाडल, फुलदानी, वेष्टेज टायरको भित्र, घरको छत, पालीको छत, आँगन वरीपरी कतैपनि पानी जम्न नदिने सुत्दा झुलओडेर मात्र सुत्ने गरेमा र कपडा फुलवाउला भएको लगाउने, गरेमा डेंगी हुनबाट जोगीन सकिन्छ भन्ने सन्देश पैmलाएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । डेंगी व्यक्तिमा लाग्यो भने सर्ने हुँदा आइस्वलेसनमा बस्ने जेपायो त्यहि औषधी नखाने, स्वास्थ्य संस्थामा गइ जचाएर मात्र औषधी सेवन गर्ने गर्नुपर्ने कुरा शाखा प्रमुख शर्माले उल्येख गर्नुभयो । डेंगीरोग रोकथाम तथा नस्ट गर्ने अभियान कार्यक्रममा बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बनेपा वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नंं. ७ का अध्यक्ष हिट्लर शाक्य, जनस्वास्थ्य कार्यालय धुलिखेल काभ्रेका दिपेन्द्रकाजी श्रेष्ठ, महिला स्वास्थ्य स्वंसेवीकाहरु, स्वास्थ्यकर्मी, प्रहरी, शसस्त्रप्रहरी, नगरप्रहरी र स्थानीयहरु गरी ६० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्