IMG-LOGO

बिन्धवासिनी सहकारीमा जर्मनको प्राविधिक सहयोग हुने

 मंगल, भदौ ९, २०८३  राजेन्द्र श्रेष्ठ

                बिन्धवासिनी वचत तथा ऋृण सहकारी संस्थाको संस्थागत सुदृढीकरण तथा विकासका लागि डिएसआइके जर्मन (DSIK– German Sparkassenstiftung for International Cooperation) ले प्राविधिक तथा संस्थागत सहयोग गर्ने भएको छ । गत भाद्र ३ गते बुधबार नेपाल बचत तथा ऋृण केन्द्रिय सहकारी सघ (नेफ्स्कुन) काठमाडौको सभाहलमा बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि, नेफ्स्कून र डिएसआइके जर्मन विच सहकारी संस्थामा क्षमता विकास तथा जोखिम व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता पत्रमा बिन्धवासिनी सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत के.बि लामा स्याङ्तान, नेफ्स्कुनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र डिएसआइके जर्मनको तर्फबाट कन्ट्री डाइरेक्टर लाउरा सियालोले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।

                सम्झौतामा उल्लेख भए अनुसार सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको तरलता व्यवस्थापन तथा ऋण जोखिम न्यूनीकरणको चुनौतीलाई सम्बोधन गर्न कुशल ऋण व्यवस्थापन गर्न सक्ने तथा स्थानीयस्तरका उद्यमीलाई उपयुक्त परामर्श दिन सक्ने कर्मचारी तयार गर्न बिन्धवासिनी सहकारी सस्थाको ऋृण शाखामा कार्यरत कर्मचारीहरूको ऋण लगानी असुली सम्बन्धी दक्षता अभिबृद्धिको लागि स्तरीय तालिम दिई प्रमाणीकरण गर्ने र ऋणको जोखिम न्यूनीकरण गर्ने, सदस्यहरूलाई वित्तिय एवं ब्यबसायिक शिक्षा प्रदान गर्ने, कृषक तथा लघुउद्यमी सदस्यहरुलाई तालिम र क्षमता बिकास गरी उद्यमशीलताको बिकास गरिने छ गर्नुका साथै लघुवित्त कार्यक्रमको सवलीकरण र जोखिम ब्यबस्थापन गर्ने कार्यमा डिएसआइकेले प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउनेछ भने नेफ्स्कूनले समन्वय गर्ने र बिन्धबासिनी सहकारी संस्थाले कार्यक्रमको प्रत्यक्ष कार्यान्वयन गर्ने जनाइएको छ । 

                कार्यक्रम मार्फत संस्थाको वित्तीय सुशासन, जोखिम व्यवस्थापन तथा सदस्यहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम तथा परामर्श सेवा सञ्चालन गरिनेछ । कार्यक्रम न्यूनतम १५ महिनादेखि अधिकतम तीन वर्षसम्म सञ्चालन जनाइएको छ । कार्यक्रम सम्पन्न भएपछि सहकारी संस्थाको वित्तीय स्वास्थ्य थप सुदृढ हुने, ऋणको जोखिम न्यूनीकरण हुने तथा कर्मचारीको क्षमता विकाससँगै सदस्यहरूको उद्यमशीलता वृद्धि हुने अपेक्षा गरिएको छ ।

                नेपाल भरीबाट छनौटमा परेका बिन्धवासिनी साकोस लगायत साहारा नेपाल साकोस झापा, जनउत्थान साकोस रुपन्देही, विकू साकोस नवलपरासी र पोखरा रोयल साकोस पोखरा गरी पाच वटा सहकारीमा पहिलो चरणमा यो कार्यक्रम लागू हुन लागेको हो । बुधबार पाच वटै संस्था प्रतिनिधिहरुले कार्यक्रम संचालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता सगै छनौटमा परेका सहकारी संस्थाहरुले एक अर्का विच अनुभव आदनप्रदान गर्ने सहमति समेत गरेका थिए ।

                सम्झौता कार्यक्रममा बिन्धवासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ, नेफ्स्कुनका महासचिव घनश्याम अधिकारी, डिएसआइके जर्मनका नेपाल प्रतिनिधि सञ्जय झा, साहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी, जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापा, विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ, नेफ्स्कुनका वरिष्ठ अधिकृत दुर्गा प्रसाद ढकाल, नविन राज दाहाल लगायत नेफ्स्कूनका उच्च व्यबस्थापनको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्