IMG-LOGO

धुलिखेल खानेपानीको अध्यक्षमा पूनः कष्ण भुषण, सचिवमा विन्द्रलाल र कोषाध्यक्षमा हरिकृष्ण निर्वाचित

 मंगल, भदौ ९, २०८३  -

    धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा कृष्णभूषण खोजु निर्वाचित हुनुभएको छ । भाद्र ६ गते शनिबार सम्पन्न निर्वाचनमा खोजुले ९०१ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका प्रत्याशी राजकुमार तखाछेले ८०६, केशव खुलालले १९६ र श्यामदर्शन गणेजुले १८२ मत प्राप्त गरेका छन् । त्यस्तै, समितिको सचिवमा बिन्द्रलाल खोजु निर्वाचित हुनुभएको छ । उहाँले १ हजार ७४ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी जिबनाथ पराजुलीले ९६० मत प्राप्त गर्नुभयो ।
    त्यसैगरि कोषाध्यक्ष पदमा हरिकृष्ण तिमल्सिना निर्वाचित हुनुभएकोछ । तिमल्सिनाले १ हजार २९१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रभात श्रेष्ठले ७७१ मत प्राप्त गर्नुभयो । उक्त खानेपानी धुलिखेल नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र ८ मा वितरण गरिएको छ । धुलिखेल नगरपालिकामा १२ वटा वडा भए पनि भौगोलिक अवस्था र पानीको स्रोतका आधारमा उक्त खानेपानी जम्मा ६ वटा वडामा मात्र वितरण हुँदै आएको छ । ३ हजार ४६० उपभोक्ता रहेकोमा कुल मत मध्ये २ हजार ४४० मत ७० दशमब ५२ प्रतिशत खसेको कुरा निर्वाचन समितिका संयोजक गायत्रीरमण घिमिरेले काभ्रेटाइम्सलाई जानकारी दिनुभयो ।
    अन्तिम मत परिणामअनुसार धुलिखेल खानेपानी उपभोक्ता समितिको नेतृत्वमा अध्यक्ष कृष्णभूषण खोजु, सचिव बिन्द्रलाल खोजु र कोषाध्यक्ष हरिकृष्ण तिमल्सिना निर्वाचित हुनुभएको छ । समितिको निर्वाचनबाट वडा सदस्यतर्फ पनि विभिन्न पदमा प्रतिनिधि निर्वाचित भएका छन् । वडा नं. ३ मा खुला सदस्यतर्फ अर्जुनबहादुर थापा र महिला सदस्यतर्फ माधवी केसी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरि वडा नं. ४ मा खुला सदस्यतर्फ दामोदर गौतम ४०६ मत प्राप्त गरी विजयी हुनुभएकोछ भने महिला सदस्यमा लोककुमारी खरेल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै वडा नं. ५ मा खुला सदस्य राधेश्याम श्रेष्ठ १६६ मत प्राप्त गरी विजयी हुनुभएकोछ भने महिला सदस्यमा कुमारी तामाङले १७४ मत प्राप्त गरी विजयी हुनुभएकोछ ।
    त्यसैगरि वडा नं. ६ मा खुला सदस्यतर्फ दिपेश श्रेष्ठ २११ मत प्राप्त गरी विजयी हुनुभएकोछ भने महिला सदस्यमा दिलहरिमाया श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै वडा नं. ७ मा निरज खड्का क्षेत्री ३१४ मत प्राप्त गरी विजयी हुनुभएकोछ भने महिला सदस्यमा लक्ष्मी माकजू श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएकोछ । त्यस्तै वडा नं. ८ मा खुला सदस्यतर्फ मुकुन्द न्यौपानेले ९७ मत तथा महिला सदस्यतर्फ रूपा हमाल कटेलले ९४ मत प्राप्त गरी विजयी हुनुभएकोछ । धुलिखेल नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ८ मा खानेपानी वितरण गर्दै आएको समितिको नेतृत्वका लागि भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । उहाँहरुको कार्यकाटा ४ वर्षको हुने छ । १५ जनाको सञ्चालक कार्यसमिति निर्वाचितको पदस्थापना भोलि १० गते विहीबार हुने कुरा निर्वाचन समिति संयोजक गायत्रीमण घिमिरेले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्