भूमि सम्बन्धी समस्या समाधान आयोग शेरवहादुर देउवा सरकारले खारेज गरेकोमा अखिल नेपाल किसान महासंघ काभ्रेले गम्भीर आपत्ती जनाइ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाण्डौँ मार्फत जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेल मार्फत शुक्रबार ज्ञापन पत्र बुझाएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजको निणर्यले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासको जोखिमपूणर् जीवन विताउन वाध्य समुदाय प्रति गम्भीर अन्यास भएको ज्ञापन पत्रमा उल्येख गरेको छ ।
भूमिहिन सुकुम्बासी समुदाय लगायतको सामाजिक न्याय र जीवन स्तर सुधारका लागि भूमिको समान्यायिक वितरण र दिगो व्यवस्थापन गर्नका लागि २०७६ चैत्र ९ गते आयोग गठन भएको थियो । अखिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष विदुर प्रसाद हुमागाईले काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापन पत्र बुझाउनु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष साधुराम वडाल, धुलिखेल नगरपालिकाकी उपप्रमुख विमला शर्मा लगायतको उपस्थिति रहेको थियो ।
