मण्डनदेउपुर, मण्डनदेउपुर नगरपालिका चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्थाले संस्थामा आवद्ध रहेका सदस्यहरुलाई शनिबार एक समारोहका बिच आर्थिक अनुदान तथा कृषि यन्त्र उपकरण प्रदान गरेको छ । प्रतिनिधि सभा, सदस्य संघीय सांसद एवं पूर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्य क्रमको सभापतित्व संस्थाका अध्यक्ष सुमन नेपालले गर्नुभएको थियो । संस्थामा आवद्ध ४८ जना कृषकलाई ६ लाख ६२ हजार आर्थिक अनुदान, मिनिटिलर ट्याक्टर १२, मकै पिस्ने मेसिन ४, मकै छोडाउने मेशिन ५, चार्जेबल स्प्रेय र पम्प ९ कृषकलाई प्रदान गरेको संस्थाले जनाएको छ । कार्यक्रममा मण्डनदेउपुरकी उपप्रमुख निर्मला शाही, नेकपा एमाले काभ्रेका नेताद्वय विदुर प्रसाद सापकोटा र रिता ढकाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
