IMG-LOGO

चण्डेश्वरी मन्दिर गोसाइ स्थान सिंढी निर्माण कार्य प्रारम्भ

 मंगल, सावन २६, २०७८  ---

 

     बनेपा, बनेपा नगरपालिकाको बृहत बहुबर्षीय परियोजना अन्तरगत चण्डेश्वरी मन्दिर देखि गोसाइ स्थान जाने पर्यटकीय क्षेत्र सम्म ढुङ्गाको सिढीँ निर्माण कार्य प्रारम्भ भएको छ । ०७७/०७८ मा विनियोजित १ करोड ३५ लाख लागतमा ढुङ्गाको सिढीँ निर्माण कार्य भएको हो । बनेपा वडा नं ५ चण्डेश्वरी मन्दिर परिसर गेटबाट बनेपा वडा नं ६ गोसाइ स्थान क्षेत्र सम्म आ.व. ०७८/०७९ भित्र निर्माण सम्पन्न हुने कुरा प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतिले बताउनुभयो । पहिलो चरणमा ०७७/०७८ को विनियोजित बजेटबाट १ हजार ६ सय ढुङ्गाको सिढीँ बन्ने छ । भने आ.व. ०७८/०७९ को ३ करोड ३० लाख बजेटबाट, रेलिङ डे्रन सहित स्मारक पार्क, आधुनिक शौचालय निर्माण हुने इन्जिनियर चन्दन महाजुले बताउनुभयो । नगर प्र्रमुख लक्ष्मी नर सिंह बादेले निर्माण व्यवसायीहरुलाई निर्धारित समय सिमा भित्र कार्य सम्पन्न गर्न निर्देशन दिदैँ विगत २० वर्ष अघि देखि हुन नसकेको विकास आफू नगरको नेतृत्व समालेको ४ वर्ष भित्र दिगो लक्ष्य प्राप्त गर्ने योजनाहरु र पूर्वाधार विकास तर्फ प्रगति हाँसिल भएको बताउनुभयो ।

     नगर उपप्रमुख भौतिक पूर्वाधार विकास निर्माणको अनुगमन संयोजक रेखा सापकोटाको नेतृत्वमा आइतबार बनेपा वडा नं ५, वडा नं ६ र वडा नं ९ को पूर्वाधार विकासको अनुगमन गरेको थियो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, बनेपा वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी, योजना अधिकृत शर्मिला बञ्जाडे र प्रेस संयोजक लक्ष्मण तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्