IMG-LOGO

रोटरी क्लब अफ काभ्रे–बनेपाद्वारा वृहत् वृक्षारोपण

 मंगल, सावन १२, २०८३  -

    रोटरी क्लब अफ काभ्रे–बनेपाले बेला, पाँचखाल–१०, काभ्रे स्थित वेलापाखा सामुदायिक वन तथा वेला–चापकोट सडकको छेउमा रोटरीको राष्ट्रव्यापी १,००,००० वृक्षारोपण अभियान (२६ जुलाई–०१ अगस्ट, २०२६) अन्तर्गत वृहत् वृक्षारोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । कार्यक्रम क्लबका अध्यक्ष रोटेरियन सुनिल लुइटेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा करिब ३०० वटा बिरुवा रोपिएको छ । वृक्षारोपणमा अम्बा, अमला, कल्की, तेजपात तथा विभिन्न फूलका बिरुवाहरू समावेश गरिएको थियो । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले यी बिरुवाहरू रोपिएका हुन् ।
    उक्त कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नारायण प्रसाद सापकोटा, समाजसेवी केदार सापकोटा, दीपक सापकोटा, राजु पाठक, मिन गौतम तथा बालकृष्ण गौतमको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी रोटरी क्लब अफ काभ्रे–बनेपाका पूर्व अध्यक्ष तथा सक्रिय सदस्य रोटरियन रघुनाथ घिमिरे, सचिव रुकेश राजभण्डारी, ऋषि राम दाहाल, सोनि वज्राचार्य, मणिक शाक्य लगायत रोटर्याक्ट क्लब अफ बनेपाका अध्यक्ष रोट्रयाक्टर सम्पूर्ण पलाञ्चोके तथा रोट्रयाक्ट भाइबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम रोटरी क्लब अफ काभ्रे–बनेपाको आयोजनामा तथा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोक, रोटर्याक्ट क्लब अफ बनेपा, पाँचखाल नगरपालिका वडा नं. १० र स्थानीय समुदायको सहयोगमा सम्पन्न भएको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोटेरियन सुनिल लुइटेलले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सहभागी सबै प्रति आभार व्यक्त गर्नुभयो । साथै, रोपिएका बिरुवाहरूको संरक्षण र नियमित हेरचाहमा सबैले निरन्तर साथ दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समापनसँगै सहभागीहरूले रोपिएका बिरुवाहरूको संरक्षण गर्दै हरियाली प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम राख्ने तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्