IMG-LOGO

नेपाल सुरुङ्ग मार्गमा प्रवेश

 मंगल, सावन १२, २०८३  टाइम्स रिपोर्टर 

    नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले अन्ततः मूर्तरूप पाएको छ । पूर्व प्रम केपी ओलीले सन् २०१९ नोभेम्बर १४ सिल्यान्यास गरी निर्माण थालिएको बहु–प्रतीक्षित नागढुंगा सुरुङमार्गमा हिजो सोमबारदेखि औपचारिक रूपमा सवारीसाधन चलाउन थालिएको छ ।      “नागढुंगा सुरुङमार्ग सोमबारदेखि नै सञ्चालनमा ल्याउने गरी आवश्यक पूर्वतयारी अघि बढाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहोग नियोग (जाइका) का प्रतिनिधिलगायतका सरोकारवालाहरूको उपस्थितिमा यसलाई सञ्चालनमा ल्याइनेछ,” उनले भने, “सुरुङमार्ग तयार हुने काम त धेरै अघि नै भइसकेको थियो । सुरुङमार्गको पश्चिमतर्फ पहिरोको समस्या देखिएकाले थप व्यवस्थापन गर्दा केही समय लागेको हो । साथै, सुरुङभित्रको आवश्यक सुरक्षालगायतका प्रविधिक व्यवस्थापनमा पनि थप समय लागेको हो ।” नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले केही ढिलाइ भए पनि नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा सडक सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको दाबी गरे ।  सुरुङ्ग मार्ग को सिल्यान्यास यातायात तथा पूर्वाधार मन्त्री सुनिल लम्सालले गरेका थिए ।  
    “सुरुङमार्गको उद्घाटन भएसँगै पहिलो चरणमा आपत्कालीन र अत्यावश्यक सवारीसाधनहरू जस्तैः एम्बुलेन्स, सुरक्षा निकायका गाडी र दमकललगायत मात्र सञ्चालन गर्नेछौं,” उनले स्पष्ट पार्दै भने, “अन्य आम सवारीसाधनको हकमा भने सुरुङमार्गको क्षमता, चाप र सुरक्षा अवस्था हेरेर क्रमशः थप निर्णय गरिनेछ । एकैपटक सबै प्रकारका सवारीसाधन गुडाउन जोखिम हुन सक्छ, त्यसैले सुरक्षा प्रबन्ध मिलाउँदै थप सवारीसाधन चलाउँदै अघि बढ्ने नीति लिएका छौं ।” सुरुङमार्ग सञ्चालनमा आउन लागेसँगै सवारीचालक तथा यातायात व्यवसायीहरू पनि निकै उत्साहित बनेका छन् । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे खण्डमा हुने इन्धन र समय दुवैको ठूलो बचत हुने बताइन्छ । 
    “नागढुंगा–नौबिसे क्षेत्रमा घण्टौँसम्म सवारीसाधनको सास्ती र जाम हुँदा इन्धन र समयको ठूलो बर्बादी भइरहेको थियो,” उनले भने, “सरकारले सुरुङमार्ग तयार पारेर एउटा उदाहरणीय कार्य गरेको छ । अब देशका अन्य आवश्यक ठाउँहरूमा पनि सुरुङमार्ग बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बेला आइसकेको छ ।” सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनसँग उठाइने दस्तुर÷शुल्कका विषयमा भने सरकारले यातायात व्यवसायीहरूसँग पर्याप्त परामर्श गरेको छैन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्