IMG-LOGO

लागूऔषध कारोबार गर्ने मन्थली न.पा.–३ का श्याम र बनेपा–१२ का बसन्त पक्राउ

 मंगल, सावन ५, २०८३  -

    काठमाडौँ महानगरपालिका– २९ डिल्लीबजार हाईटबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ किलो ७ सय २० ग्राम र नगद १ लाख २५ हजार ८ सय २५ रूपैयाँसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–३ घर भएका ५४ वर्षीय श्याम खत्री र काठमाडौं महानगरपालिका–२९ न्यूप्लाजा बस्ने काभ्रे बनेपा नगरपालिका–१२ घर भएका ४८ वर्षीय वसन्त थापा रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले श्यामको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सिंह दरबार प्रहरीवृतले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्