IMG-LOGO

२३-२९ मास्क अभियान

 मंगल, सावन २६, २०७८  ----


    कोरोना भाइरसको महामारी भएको देढ वर्षमा बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मास्क अभियान सुरु गरेको छ । यो पनि देउवा सरकारको पालामा ओली सरकारको पालामा हाँच्छिउँ गर्ने कोरोना भगाउने , बेसारपानी खाने, अम्बाको पात खाने , नेपालीहरुको इमिनिटी पावर बढी छ कोरोना लाग्दैन भनेर बकम्फुसे गफ दिने ओलीका कारण सयौंको ज्यान गयो ।    
    ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गरेको छ । यो राम्रो काम हो ।  २३-२९ को समयमा मास्कलाई सही तरिकाले लगाउन सिकाउनका लागि अभियान सञ्चालन भएको बताइन्छ । मास्कको  प्रयोगले ७० प्रतिशत कोरोना लाग्नबाट जोगिन सकिन्छ । जनचेतना नभएर मास्क नलगाई  लापरवाही तरिकाले हिड्दा कोरोना संक्रमण बढेको हो । मास्क लगाआंै,  लापरवाही नगरांै आफ्नो व्यवहारमा परिवर्तन  गरौं ।  कोरोनाबाट देश र परिवारलाई जोगाऔं  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्