IMG-LOGO

परिवार नियोजन संघ काभ्रे अब पुनमले हाँक्ने

 मंगल, असार ३०, २०८३  -

    नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ४४औँ शाखा सभा आइतबार सम्पन्न भयो । शाखा सभापति प्रकाश कायस्थको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन बागमती प्रदेश सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे श्रेष्ठले गर्नुभएको थियो । सभामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं शाखाका पूर्व सभापति सुरकृष्ण वैद्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपानेले शुभकामना व्यक्त गर्नुभएको थियो । शाखा प्रबन्धक रमेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा विज्ञ सदस्य विकास वैद्यले शाखाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुनम जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    नेपाल परिवार नियोजन संघका ८ वटा शाखाहरु बन्द भइसकेको प्रसङ्ग कोट्याउँदै शाखा सभापति कायस्ठल काभ्रे जिल्ला शाखा पनि संचालन चुनौतीलाई सामना गर्दैै भवन भाडा र उपचारबाट आएको न्यूनतम शुल्कबाट चलेको छ । उनले शाखामा पूर्व सभापतिहरुको योगदान र समुदायको शुभेच्छाले महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपानेले परिवार योजनामा मुख्य भूमिका रहने महिलाहरुलाई उपेक्षा गरिने विगत भए पनि अहिले परिवार योजना र महिला स्वास्थ्य प्रवद्र्धनमा महिलाहरु नै प्रमुख रहने भएकाले अबका केही कार्यकाल शाखामा महिला नेतृत्व ल्याउन आग्रह गर्नुभयो ।
    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं शाखाका पूर्व सभापति सुरकृष्ण वैद्यले नयाँ आउने कार्यसमितिलाई स्थानीय तहहरुसँग समन्वय गर्दै कार्यक्रमहरुलाई निरन्तरता दिन सुझाव दिनुभयो । प्रमुख अतिथि एवं बागमती प्रदेश सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे श्रेष्ठले हालको सरकारले जनसंख्या हेर्ने मन्त्रालय गाभेको र प्रदेश सरकारले समेत मन्त्रालय संख्या घटाउन लागेको बताउँदै यसले जनसंख्याका क्रियाकलापहरुमा नकारात्मक असर गर्ने जनाउनुभयो । ४४ औं शाखा सभाले पुनम जोशीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित सभापति जोशी नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको इतिहासमै सभापतिमा निर्वाचित हुने पहिलो महिला हुन् ।
    नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत एवं पूर्व सभापति देवेन्द्रप्रसाद भैलले शपथ खुवाउनु भएको थियो । यस अघि संघमा ११ जनाले नेतृत्व गरिसक्नु भएको छ । त्यसैगरी सभापतिमा पुनम जोशी, कोषाध्यक्षमा विकास वैद्य, महिला सदस्यमा अङ्गना वैद्य श्रेष्ठ र रजनी वैद्य, विज्ञ सदस्यमा अनु श्रेष्ठ, रुपा कर्माचार्य (प्रधान), ओमकाजी प्रजापति र निराकार श्रेष्ठ, युवा सदस्यमा न्हुज प्रजापति, रिजा शिल्पकार र रितु श्रेष्ठ रहनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्