सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त हुनुभएको छ । वहाँहरु दुवै जनालाई खुला प्रतिस्पर्धाका आधारमा सरकारले नियुक्त गरेको हो । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार वहाँहरुलाई नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हिजो दुवै जनालाई नियुक्तिपत्र प्रदान गर्नुभयो । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले हिजो नै पद तथा गोपनीयताको शपथसमेत लिइसक्नुभएको छ । प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठ र दुरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेलाई काभ्रे टाइम्स र रेडियो एविसी परिवार हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछ ।
