कोरोना भाइरसको महामारी भएको देढ वर्षमा बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मास्क अभियान सुरु गरेको छ । यो पनि देउवा सरकारको पालामा ओली सरकारको पालामा हाँच्छिउँ गर्ने कोरोना भगाउने , बेसारपानी खाने, अम्बाको पात खाने , नेपालीहरुको इमिनिटी पावर बढी छ कोरोना लाग्दैन भनेर बकम्फुसे गफ दिने ओलीका कारण सयौंको ज्यान गयो ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गरेको छ । यो राम्रो काम हो । २३-२९ को समयमा मास्कलाई सही तरिकाले लगाउन सिकाउनका लागि अभियान सञ्चालन भएको बताइन्छ । मास्कको प्रयोगले ७० प्रतिशत कोरोना लाग्नबाट जोगिन सकिन्छ । जनचेतना नभएर मास्क नलगाई लापरवाही तरिकाले हिड्दा कोरोना संक्रमण बढेको हो । मास्क लगाआंै, लापरवाही नगरांै आफ्नो व्यवहारमा परिवर्तन गरौं । कोरोनाबाट देश र परिवारलाई जोगाऔं ।
