IMG-LOGO

सस्तियो सुन

 मंगल, सावन २६, २०७८  ---

नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । सोमबार तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।

     आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । सोमबार चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्