काभ्रेमा सोमबार थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार ७८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट ३८ जना र एन्टिजेन परिक्षणबाट ३७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण काभ्रे जिल्लामा ५६ बर्षिय पुरुषको मृत्यु भएको छ । यसैविच काभ्रेमा कोरोना विरुद्धको खोप लगाउने क्रममा पहिलो मात्रा खोप लगाउनेको संख्या ९२ हजार ५ सय ६२ जना, दोस्रो मात्रा खोप लगाउनेको संख्या ५३ हजार ४ सय ४४ रहेको बताईएको छ ।
