IMG-LOGO

किरण बने बिजेता

 मंगल, सावन २६, २०७८  ---

‘द भ्वाइस अफ नेपाल’ तेश्रो सिजनको उपाधि किरण गजमेरले जितेका छन् । उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस अफ नेपाल’ को उपाधि जितेका हुन् ।  गत साता भएको सेमिफाइनलबाट ८ जनाको प्रतिस्पर्धात्मक शोबाट उत्कृष्ट चारजना फाइनलमा चरणमा प्रवेश गरेका थिए । टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर, टिम तृष्णाबाट ज्वाला राई र टिम दीपबाट दार्जलिङका आर्यन तामाङ । उनीहरूले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा गजमेर विजेता बन्न सफल भएका हुन् । ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टिभीमा प्रसारण हुँदै आएको थियो ।

           शनिबार मध्यरातमा नेपाल आइडल सिजन ३ को बिजेता बनेका किरण गजमेरको जित लाख बढी नेपालीभाषी भुटानी शरणार्थीको गौरव हो । संसारभर छरिएर रहेका नेपालीभाषीको खुशी हो । नेपाली रियालिटी शोहरुलाई दशगजा पारी लैजान चाहनेहरुको जित हो । वैश्विक नेपाली मनको सान्त्वना हो । विजेता घोषित भएपछि किरणले आपूmले पाएको पुरस्कारबाट २ वटा एम्बुलेन्स किनिदिने घोषणा गरेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्