IMG-LOGO

पूर्वअर्थमन्त्री पौडेल पक्राउ

 मंगल, असार ९, २०८३  -

    एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नुभएको छ । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । वहाँलाई विभागको पक्राउ पुर्जीको आधारमा सुर्खेत प्रहरीले पक्राउ गरेको हो । कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटाका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । वहाँलाई नेपालगन्ज हुँदै काठमाडौं पठाउने तयारी भइरहेको छ । यस विषयमा सुरक्षा अधिकारीहरू छलफलमा छन् ।
    स्थलमार्ग वा सुर्खेतबाट नेपालगन्ज लगेर त्यहाँबाट जहाजमा काठमाडौं पठाउने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवं संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुग्नुभएको थियो । सचेत नागरिक भन्दैछन् रास्वपाको महाधिवेशनको उद्घाटन समारोहमा घण्टी नबजाएको झोक हो । लोकतान्त्रिक मूल्य मान्यता सिद्धान्त आदर्श बारे भाषण गरेकोले हो । यो बदलाभाव हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्