IMG-LOGO

बेलायतमा दिनेश सुब्बाको एकल गायन सम्पन्न !

 मंगल, जेठ २६, २०८३  -

सुनिल संगम, ०२ जुन २०२६ बेलायत - गत आइतबार बेलायतको टिडवर्थमा वरिष्ठ गायक तथा सङ्गीतकार दिनेश सुब्बाको एकल प्रस्तुति रहेको एक भव्य साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ। टिडवर्थ स्थित 'हिमालयन ओएसिस' रेष्टुरेन्टमा दिउँसो २ बजेदेखि सुरू भएको उक्त कार्यक्रमा गायक सुब्बाले बादलुको घुम्टोले, हाम्रो सुन्दर संसार थियो, तिम्रो हाम्रो मनको दुरी, तिमी सुन्छ्यौ भने, हाँसु कति जस्ता आफूले सङ्गीत भरेका नयाँ पुराना चर्चित गीतहरू गाएका थिए भने उनलाई गायिकाहरू सुनिता थेवे लिम्बु र तया राईले युगल गायनमा साथ दिएकी थिइन्। कार्यक्रमको बिच-बिचमा वरिष्ठ सङ्गीतकार सुब्बाले गीत/सङ्गीतको दौरानका केही तीतामीठा अनुभहरू पनि सुनाएका थिए। बेलुका ५ बजेसम्म चलेको उक्त साङ्गीतिक कार्यक्रममा साहित्यकार सर्वधन राई, गायक तथा सङ्गीतकार गणेश पुन, गायक सपन राई, गीतकार सुनिल संगम, गायक विकाश गुरूङ लगायतका गीत/सङ्गीत कर्मी तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेरको थियो।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्