IMG-LOGO

सुजुकी एक्सेस १२५ बजारमा

 मंगल, सावन १९, २०७८  ---

 

जापनीज टेक्नोलोजी भारतमा निर्माण भएको सुजुकी एक्सेस १ सय २५ सिसीको स्कुटी बजारमा आएको छ । ५ बर्ष वारेन्टी, प्रतििmटर  ६५ कि.मी. सम्म तेल किफायती स्कुटी आइतबारबाट बजारमा आएको हो । देशभरका सुजुकी बाइकका अधिकृत बिक्रेताका सोरुमहरुमा सुजुकी कम्पनीका स्कुटी तथा बाइकहरु खरिद गर्न सकिन्छ । सुजुकी कम्पनीका बाइकहरु सय सिसी देखि १ हजार सिसी सम्मका हुने कुरा एच.एस इन्टरप्राइजेजका प्रबन्ध सञ्चालक हरि मानन्धरले बताउनु भयो । उहाँले विगत १० बर्ष देखि व्यापारिक नगरी बनेपामा मोटर साइकल सोरुम र वर्कसप सञ्चालन गर्दै आउनु भएको छ । काभ्रे उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रताप बैद्यको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय सचिव विकास मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष एवं काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चका उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, काभ्रे उद्योग बाणिज्य संघका सचिव यसकुमार रञ्जीत, भि.जी. अटोमोबाइल्सका मार्केटिङ म्यानेजर राजन श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सचित खडकाले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्