IMG-LOGO

धुलिखेल अस्पताल र पिडित पक्षबीच सहमतीसँगै विनाको अन्त्येष्टी

 मंगल, जेठ १९, २०८३  -

    धुलिखेल अस्पतालमा उपचारार्थ सुत्केरी महिलाको अत्याधिक रक्तश्रावका कारण निधन भएपछि आक्रोशित आफन्त र अस्पताल प्रशासन बीच मध्यरातमा भएको सहमति भएसँगै मृतकको आईतबार अन्त्येष्टी गरिएको छ । आफन्तहरुले अस्पतालको लार्पवाहीका कारण सुत्केरी महिलाको निधन भएको भन्दै कर्मचारी कुटपिटसँगै अस्पताल तनाव ग्रस्त बनेको थियो । २०८३ जेष्ठ १५ गते वेथानचोक १ स्थित घर भएकी २९ बर्षिया गर्भवती बिना स्याङतान अस्पतालमा भर्ना भएकी थिइन् । सोहि दिन राति नै उनको अप्रेसन गरिएको थियो । ‘शुरुमा विनाको गर्भ परिक्षण धुलिखेल अस्पतालमा नै हुने गरेको थियो । विनाको पेटमा भएको बच्चाले दिशा गरिसकेका कारण आमाको अवस्था असामान्य भएको अस्पतालले स्रोतले जनाएको छ ।
    अप्रेसन पछि निकालिएका बच्चा अहिले पनि एनआईसियुमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । पिडीत पक्षले भने अस्पतालको लापर्वाहीले विनाको निधन भएको आरोप लागएको छ ।  बच्चा निकालिए लगत्तै शुरु भएको रक्तश्राव मेडिकलका सबै विधी र उपाय अपनाउँदा पनि रोक्न सम्भव नभएको चिकिस्कहरुले बताएका छन् । जेष्ठ १६ गते उनको निधन भएको थियो । सोहि विषयलाई लिएर अस्पताल प्रशासन र आफन्त बीच भएको छलफलका क्रममा आफन्तले अस्पताल प्रशासनका सुर्य प्रकाश श्रेष्ठलाई कुटपिट गरेका थिए । तत्कालै अस्पतालका सुरक्षा टोलीले घटनालाई नियन्त्रणमा लिन खोजे पनि सम्भव नभए पछि नेपाल प्रहरीको टोली परिचालन भएको थियो । त्यहि क्रममा भएको झडपमा पीडितका आफन्त पनि घाईते भएको बताईएको छ ।
    घटना पछि मध्यरातसम्म छलफल भएको थियो । धुलिखेल अस्पताल र पिडित पक्षबीच मृतक र जिवित बच्चाको उपचार निःशुल्क गर्ने र घटनामा घाईते दुबै पक्षको बिरामिको उपचार गर्ने सहमती र सम्झौता भएपछि मिलापत्र भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्