IMG-LOGO

एकीकृत साकोसको सरसफाइ कार्यक्रम

 मंगल, जेठ १९, २०८३  -

    पनौती । एकीकृत साकोस पनौतीको आयोजनमा गणतन्त्र दिवसको अवसरमा पनौतीको प्रशिद्ध धार्मिक तथा ऐतिहाँसिक स्थिल श्री गोरखनाथ मन्दिर र सिंढीहरुको सरसफाई गरेको छ । कार्य एकिकृत बचत तथा ऋण सहकारी संस्थाले आफ्नो समाज प्रतिको सामाजिक उत्तरदायित्व वहनको शिलशिलामा सम्पन्न गरियो । संस्थाको संचालक सदस्य रुपक ताम्राकारको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संचालक समिति, उपसमितिका पदाधिकारीहरु, सल्लाहकार साथै कर्मचारी लगायत अरुणोदय मा.वि.मा अध्ययनरत कक्षा १० का छात्रछात्रा गरी करिब ५० जना उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । सफाई कार्यक्रमलाई प्रभावककारी बनाउन संस्थाका पूर्व संचालक लक्ष्मण मातंछेले विशेष पहलमा गोरखनाथ मन्दिरको प्रवेश गर्ने पश्चिम तर्फको सिंढीहरुमा रंगरोगन गर्ने, फेढीमा रहेको स्वागत गेट रंगरोगन, लेखाइको कार्य गरिएको थियो । कार्यक्रमको नेतृत्व संस्थाकी अध्यक्ष चण्डेश्वरी मुनाकर्मीले गर्नुभएको थियो । संस्थाका व्यवस्थापक सविन सैंजुले संस्थाले समय समयमा सामाजिक क्रियाकलाप गर्दै आएको जनाउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्