इन्द्रेश्वर क्याम्पसको आयोजना विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा तीन दिने Academic research writing and journal publication training कार्यक्रम मिति २०८३ जेष्ठ ८, ९ , १० गतेका दिन इन्द्रेश्वर क्याम्पस सभा कक्षमा सम्पन्न भयो । उक्त तालिम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्रा. डा. दिलिप पराजुली सहप्राध्यापक डा प्रकाश श्रेष्ठ र लेक्चरर डा मक्षिन्द्र थापाबाट प्रशिक्षण प्रदान गरियो । सो तालिममा विभिन्न क्याम्पसबाट आउनुभएका शिक्षक विद्यार्थी समेत गरी ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले आफ्नो समाज वरपर रहेका विविध पक्षहरूको अध्ययन अनुसन्धान गरी समस्याको पहल र लेख रचनाबाट निष्कर्ष निकाल्न सक्ने हुनेछ । इन्द्रेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको सभाध्यक्षमा भएको कार्यक्रममा इन्द्रेश्वर क्याम्पसका क्याम्पस प्रमुख क्याम्पस प्रमुख श्रीकुमार सुवालबाट तालिमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो ।
