IMG-LOGO

काभ्रे जिल्लामा योग जागरण अभियान तिब्र

 मंगल, जेठ १२, २०८३  -

    पतंजली योग समिति बागमती प्रदेश समितिको आयोजनामा पतंजली योग समिति काभ्रे र महिला समिति काभ्रेको सक्रियतामा काभ्रे जिल्लाका विभिन्न भेगमा योग जागरण अभियानमा तिब्रता बढेको छ । यसै सिलसिलामा काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको ढुंखर्कमा ८ दिनको बिहान र बेलुका गरी १५ सत्र सह–योग प्रशिक्षण तालिम सम्पन्न भएको छ । 
    बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न उक्त तालिममा स्वागत मन्तव्य पतंजली योग समिति काभ्रेका अध्यक्ष प्रकास कायस्थले गर्नुभएको थियो । महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष इन्दिरा तौजलेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वप्रशिक्षणका प्रमुख प्रशिक्षक पतंजली योग समितिका बागमती प्रदेशका प्रमुख गु्रबेन तौजलेलाई बेथानचोक गाउँपालिका र मुत्तेश्वर योग साधना केन्द्रले सम्मान गरिएको थियो । स्व समारोहमा पतंजली योग समिति बागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका निबर्तमान अध्यक्ष हरिशरण श्रेष्ठ, महिला निबर्तमान अध्यक्ष अनु श्रेष्ठ, उपाध्यक्षद्वय मोहनकृष्ण श्रेष्ठ र कमला राजभण्डारी लगायतका व्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो । तालिममा सहभागी ३३ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि भगवान अधिकारी र प्रमुख प्रशिक्षक गु्रबेन तौजलेले प्रमाण पत्र वितरण गरेका थिए । उक्त उद्घोषण महामन्त्रीद्वय श्यामकुमार श्रेष्ठ र भवानी गुरुङले गरेको जानकारी संचार प्रभारी मिलनभक्त श्रेष्ठले दिनुभएको थियो ।
    यसै बिच बनेपा नगरपालिका वडा नं. ११ मा स्थित एविएम माध्यमिक विद्यालयको एविएम साधना केन्द्रमा सहयोग शिक्षक तालिमको सुभारम्भ भएको छ । उक्त तालिमको उद्घाटन पतंजली योग समिति बागमती प्रदेश प्रमुख गु्रवेन तौजलेले गर्नुभएको थियो । साथै कालिका देवी योग साधना केन्द्र पनौती नगरपालिका वडा नं ५ मा पनि सह–योग शिक्षक प्रशिक्षण प्ररम्भ भएको छ । बनेपा नगरपालिका वडा नं. २ सुमारामा पनि योग साधना केन्द्रको स्थापना भई दैनिक योग अभ्यास संचालन भएको संचार प्रभारी मिलनभक्त श्रष्ठले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्