हिन्दू स्वयं सेवक संघ नेपालको ‘संघ शिक्षा वर्ग २०८३’ सम्पन्न भएको छ । हिन्दू स्वयं सेवक संघ नेपालद्वारा आयोजित ‘संघ शिक्षा वर्ग २०८३’ को उद्घाटन सत्र काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित माकाजु समाज कल्याण संघको सम्पन्न भएको छ । उक्त कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सङ्घचालक कल्याण कुमार तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियो भने बागमती प्रदेशका समाज विकास मन्त्री कञ्चन चन्द्र बादे कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, नागरिक समाजका प्रतिनिधिहरू, सनातन धर्मका अगुवाहरू, संघका वरिष्ठ पदाधिकारीहरू तथा नेपालका विभिन्न जिल्लाबाट सहभागी हुन आएका स्वयंसेवक प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको छ । राष्ट्र, समाज र संस्कृतिप्रतिको समर्पण भावलाई अझ सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको यस संघ शिक्षा वर्गले अनुशासन, संगठनात्मक क्षमता, नेतृत्व विकास तथा राष्ट्रसेवाको भावनालाई अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
