IMG-LOGO

मनकामना साकोसको सातौँ सेवा केन्द्र पाँचखालमा

 मंगल, सावन १९, २०७८  ----

 

      श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रिय कार्यालय बनेपा ५ को सातौँ कार्यालय पाँचखालमा सञ्चालनमा आएको छ । शनिवार पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण दाहाले सभापतित्व सम्मन्न भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सेवा केन्द्रको आवस्यकता तथा संस्थाको जानकारी चतुर्भुज तिमल्सिनाले राख्नुभएको थियो । कार्यक्रममा संस्थाको हाल सम्म सात वटा सेवा केन्द्रबाट १ अर्व ७५ करोडको वासलात रहेको हाल सम्म शेयर सदस्य ७२०० जना रहेको, शेयर पूँजी २० करोड, बचत संकलन १ अर्व तिस करोड ऋण लगानी १ अर्व ३५ करोड तथा जगेडा र अन्य कोष  करिव १० करोड रहेको साथै कृषिलाई प्राथमिकता दिदै केही सहुलियत दरमा कर्जा प्रवाह गर्ने जानकारी समेत गराउँनुभएको थियो । सो कार्यक्रममा पूर्व उप प्रमुख लक्ष्मी दनुवार जिल्ला सहकारी संघका अध्यक्षद्वय सोम प्रसाद हुमागाँई तथा सुभप्रसाद अधिकारी, विशिष्टि अतिथि पाँचखाल नगरका ले सहकारी संस्थाको अवको भुमिका तथा चुनौतीको बारेमा मन्तव्य राख्नुभएको थियो । सो कार्यकक्रमको सञ्चालन संस्थाका सञ्चालक समितिका सदस्य शम्भु प्रसाद घिमिरेले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्