नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनाअनुसार, वैद्य ५६ मत प्राप्त गरेर वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनुभएको छ । वहाँले प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना उम्मेदवार थिए । हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि वैद्य र संघईबीच प्रतिस्पर्धा भएको हो । त्यस्तै, कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ । वहाँले ६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
महासंघको ६० औँ वार्षिक साधारणसभा एवं निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो । महासंघको विधान २०४९ ९ सातौँ संशोधनले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन कार्यकारिणी समितिबाट हुने व्यवस्था गरेको थियो ।
