वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी /कर्मचारीले खाइपाई आएको सेवा सुविधा (कोभिड भत्ता, सेवा विस्तार भत्ता लगायतका सुविधा) विगत लामो समय देखि नपाएकोले कार्मचारी आन्दोलित भएका छन् । कर्मचारीको आन्दोलन पछि डा. गौतम बीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बाट हटाइएका छन् । मन्त्रीस्तरीय निणर्यका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।
