IMG-LOGO

एकीकृत साकोसले ग¥यो तेश्रो समिक्षा कार्यक्रम

 मंगल, बैशाख २९, २०८३  -

    पनौती । एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले शनिबार अरुणोदय मा.वि. पनौती ४ को सभाहलमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार एवं विभिन्न उपसमितिका पदाधिकारीहरु र कर्मचारीको उपस्थितिमा आर्थिकवर्ष २०८२÷०८३ को तेस्रो त्रैमासिकसम्म संस्थामा भएको प्रगति सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
    संस्थाका अध्यक्ष चण्डेश्वरी मुनाकर्मीको सभापतित्वमा भएको समिक्षा कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै सभापति चण्डेश्वरी मुनाकर्मीले संस्थाको कार्य सम्पादन तथा प्रगतिमा सहयोग पु¥याउने सदस्य, कर्मचारी र समिति तथा उपसमितिका पदाधिकारीहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्नु भयो ।कार्यक्रममा संस्थाको सचिव सविना सापकोटाले २०८२ चैत्रसम्मको सम्पन्न कार्यक्रमहरुको विवरण, संचालक समितिको बैठकमा भएको महत्वपूर्ण निर्णय, कार्यालय संचालन कर्मचारी व्यवस्थापन बारे प्रस्तुति गर्नु भयो र उपाध्यक्ष रविनभक्त स्याउलाले संस्थाको बार्षिक योजना र बजेटमा हालसम्म भएको उपलब्ध र वर्तमान सहकारीको ऐन, नियमले यस संस्थामा हुने चुनौती र अवसरबार प्रष्ट पार्नु भयो । व्यवस्थापक सविनसुन्दर सैजूले अघिल्लो वर्ष र यस आ.व. २०८२÷८३ को चैत्रसम्मको वित्तिय विवरणमा भएको प्रगति, ऋण लगानी, असुली तथा ऋण जोखिम व्यवस्थापन, कर भुक्तानी र दायित्व, सदस्य राहतकोषको सहयोग बारे प्रस्तुतीकरण गर्नुभएको थियो । 
    विभिन्न समयमा कार्यरत कर्मचारीहरुले आफ्नो व्यक्तिगत कारण राजिनामा दिएका पूर्व कर्मचारीहरु रोजिना ढुंगाना, स्वस्ति सापकोटा, सुमिना विजुक्छे र प्रशिक्षार्थी कर्मचारी अस्मिता तिमल्सिनालाई विदाई गरी कार्यक्रममा कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्