पोखरा / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा आत्माराम थापा र कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेशकुमार श्रेष्ठ उम्मेदवार भएका छन् । सिन्धु हेलम्बु यातायात सेवा प्रा. लिका अध्यक्ष रहेका श्रेष्ठले पुण्यप्रसाद (सरोज) सिटौला) को समूहबाट श्रेष्ठ कोषाध्यक्षका उम्मेदवार बनेका हुन् । २०५५ सालदेखि यातायात क्षेत्रमा निरन्तर कृयाशिल श्रेष्ठ २०६७ साउन १५ देखि निरन्तर सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि. को अध्यक्षको रुपमा काम गरिरहेका छन् ।
यातायात व्यवसायीको तत्कालीन बाग्मती अञ्चल सचिव र प्रादेशिक संरचनापछि प्रदेशको महासचिव भएर काम गरेका राजेश नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको अध्यक्ष समेत थिए । गणेश हिमाल तराई यातायात सेवा प्रा.लि.को अध्यक्ष समेत रहेका आत्माराम थापा यातायात क्षेत्रका अनुभवी व्यवसायी हुन् ।
